इन्डोनेशियामा १६ वर्षीय किशोरले ७० वर्षीया महिलासँग विवाह गरे

काठमाण्डौ, २३ असार । इन्डोनेशियामा एक किशोरले कानूनको उल्लंघन गर्दै ७० वर्षीयाभन्दा बढि उमेरकी महिलासँग विवाह गरेका छन् ।

१६ वर्षीय युवक अझै पनि विवाह गर्ने उमेरका भइसकेका छैनन् तर गाउँका अधिकारीहरुले यस्तो अव्यवहारिक र अपञ्जीकृत विवाहलाई अनुमति दिन वाध्य भए । किनकि उक्त जोडी आत्महत्या गर्ने अवस्थामा पुगिसकेका थिए ।

इन्डोनेशियाको कानून अनुसार, विवाहका लागि महिलाको उमेर १६ र पुरुषको उमेर १९ हुनैपर्ने प्रावधान छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, जब युवक मलेरियाको रोगबाट पीडित थिए, तब त्यही महिलाले उनको हेरचाह गरेकी थिइन् र पछि तिनीहरु नजिक भए ।

सिक आनी दक्षिण सुमत्रा गाउँका प्रमुखले एपिएफसँग कुरा गर्दै भने, ‘युवकको विवाह गर्ने उमेर भइसकेको छैन यद्दपि हामी ती दुईको असुहाँदो विवाह गर्ने निर्णयमा पुग्यौं ।’ ती युवकको नाम सिलामत र ती महिलाको नाम रोहया हो । ती महिलाको उमेर ७१ देखि ७५ वर्षको बीचमा रहेको बताइएको छ ।

रिपोर्टका अनुसार, यो रोहयाको तेस्रो विवाह हो । उनको दुई पूर्व पतिबाट जन्मिएका सन्तानहरु पनि छन् ।