September 23, 2017

कतारमाथि नयाँ प्रतिबन्ध लगाउने चेतावनी

काठमाण्डौ, २३ असार । कतारले आफूहरुले राखेको माग नमान्नु क्षेत्रीय सुरक्षाका लागि खतरा भएको भन्दै साउदी अरब, बहराइन, इजिप्ट र यूएईले कतारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । यद्दपि त्यो कस्तो खालको प्रतिबन्ध हो भनेर खलाइएको छैन ।

पछिल्लो महिनामा साउदी अरबसहित ४ देशले कतारसँगको सबै सम्बन्धविच्छेद गरेका थिए, जसका कारण कतार दबाबमा आएको थियो । प्रतिबन्ध हटाउनका लागि यो समूहले कतारसँग सञ्चारसंस्था अल जजिरा बन्द गर्न, ईरानसँग सम्बन्ध नबढाउन र चरमपन्थीको समर्थन नगर्न आग्रह गरेको थियो ।

यसै हप्ता कतारले उक्त प्रस्तावको विपक्षमा उभिँदै सबै आरोपको खण्डन गर्दै माग मान्न बाध्य नहुने बताएको थियो । साउदी अरब लगायत ४ देशले कतारमाथि नयाँ राजनीतिक र आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

करीब २७ लाख जनसंख्या रहेको विश्वको सबैभन्दा धनी देश आयातमा नै निर्भर रहने भएकोले प्रतिबन्धका कारण त्यहाँ बसोबास गर्ने मानिसहरुको आवश्यकता पूरा गर्न कठिन हुने देखिएको छ ।