५ एकदिवसीय क्रिकेटको शृंखलामा भारत ३-१ ले विजयी

काठमाण्डौ, २३ असार । वेष्टइण्डिजविरुद्धको पाँच एकदिवसीय क्रिकेट खेलको शृंखला भारतले ३–१ ले जितेको छ ।

पाँचौ तथा अन्तिम खेलमा ८ विकेटको जीत निकाल्दै भारतले शृंखला आफ्नो पोल्टामा पारेको हो । भारतले २ सय ६ रनको लक्ष्य खेल सकिन ७९ बल अगावै २ विकेट गुमाएर पूरा गर्‍याे । भारतको जीतमा कप्तान विराट कोहलीले १ सय ११ रनको अविजित पारी खेले । त्यस्तै दिनेश कार्तिकले नटआउट ५० रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली वेष्टइण्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ५ रन बनाएको थियो । उसका लागि साइ होपले ५१ तथा काइल होपले ४६ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद सामीले ४ तथा उमेश यादवले ३ विकेट लिए ।

विराट कोहली ‘म्यान अफ द म्याच’ र अजिंक्या राहाने ‘म्यान अफ द सिरिज’ घोषित भए ।