July 21, 2017

जर्मनीमा जी–ट्वान्टी सम्मेलनको पूर्वसन्ध्यामा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाण्डौ, २३ असार । जर्मनीमा जी–ट्वान्टी सम्मेलनको पूर्वसन्ध्यामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

जी–ट्वान्टी सम्मेलन हुने पूर्वसन्ध्यामा जर्मनीको ह्याम्बर्ग शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । ‘नर्कमा स्वागत छ’ लेखिएको ब्यानर बोकेर कालो पहिरनमा आएका १२ हजारभन्दा बढी प्रदर्शनकारीमाथि प्रहरीले कारबाही थालेको थियो । प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा तथा खुर्सानीको धुलो प्रयोग गरेको थियो भने प्रदर्शनकारीले बोतल, ढुंगा लगायतका सामानहरु प्रहार गरेका थिए ।

उक्त झडपमा ७५ प्रहरी तथा ३ प्रदर्शनकारी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत विश्वका नेताहरुले जलवायु परिवर्तन, व्यापार लगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *