September 20, 2017

बाढी प्रभावित क्षेत्रमा भत्केका बाँध तत्काल बनाउने प्रधानमन्त्री देउवाकाे प्रतिबद्धता

सप्तरी,२३ असार ।  सप्तरीकाे बाढी प्रभावित क्षेत्रमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले  बाढीले भत्काएका बाँध तत्काल बनाउने प्रतिबद्धता जनाएका छन ।

बाढी पहिरोको समस्यालाई सरकारले गम्भिरतापूर्वक लिएको र प्रभावितलाई प्रभावकारी राहतको ब्यवस्था गर्ने अाफु तयार रहेकाे समेत बताएका । बाढी प्रभावित क्षेत्रमाकाे स्थिती बुझन प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुखसहित सप्तरी पुग्नु हुन् । उनले डुवान क्षेत्रलाइ प्याकेजमा राहत उपलब्ध गराइने पनि बताए ।

बाढीले बगाएको पाँचमध्ये दुई ठाउँ पोर्ताहा र भेरियामा बाँध बनाउने काम सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।  अविरल बार्षाका कारण खाडो, महुली, सुन्दरी र दूधेला खोलामा आएको बाढीकाले तिरहुत तिलाठी कोइलाडी र रुपनी गाउँपालिका तथा कंचनरुप, हनुमाननगर र कंकालिनी नगरपालिकाका, विभिन्न गाउँका झण्डै ५ सय घर डुवानमा परेका छन् । डुवानका कारण २८ परिवार विस्थापित भएका छन् ।