भरतपुर महानगरपालिकाकाे विवादित विषयमा सर्वोच्च अदालतमा सुनुवाई

काठमाण्डाै,२३ असार ।  भरतपुर महानगरपालिकाकाे वडा नम्बर १९ मा  पुनः मतदान वा पुनः मतगणना सम्बन्धी विवादित विषयमा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाई हुँदैछ ।

निर्वाचन अायाेगले च्यातिएका मतपत्रसहितका कागजात सर्वोच्चमा बुझाएपछि शुक्रबार सुनुवाई हुन लागेको हो । न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वाेच्चमा परेको रिटमा सुनुवाई हुन लागेको हो ।

उक्त महानगरमा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेकाे तर्फ‍बाट देवी ज्ञवाली छन् भने  उपमेयरमा  कांग्रेस माओवादी गठबन्धनबाट कांग्रसकी उम्मेद्वार पार्वती शाह  र  एमालेबाट दिव्या आचार्य प्रतिस्पर्धामा छन् । १९ नम्बरको आधा भन्दा बढी गणना भइसकेपछि मतपत्र च्यातिए पछि २० नम्बर वडाको मतगणना पनि स्थिगित भएकाे थियाे ।