Breaking News

सुनसरीकाे इटहरी उपमहानगरपालिकाकाे मेयर उपमेयरमा एमाले विजयी

सुनसरी २३ असार । सुनसरीकाे इटहरी उपमहानगरपालिकाकाे मेयर उपमेयरमा नेकपा एमाले विजयी भएकाे छ ।

एमाले उम्मेद्वार द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत पाएका छन्  ।

यस्तै उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतमले २२ हजार १ सय ४२ मतका ल्याइ विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेद्वार विमला ढकालले १८ हजार ३ सय ५२ मत पाएकी छिन् । याे पूर्वाञ्चलको महत्वपूर्ण शहरका रुपमा रहेकाे नगर पनि भएकाले याे जितले  सुनसरीका एमाले  कार्यकर्ता सारै उत्साहित बनेका छन् ।

shares