September 25, 2017

राजधानीवासीलाई मेलम्चीको पाइपबाट बागमतीकाे पानी!

काठमाण्डाै, २३ असार । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् ।

सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो । आयोजनाले राजधानीवासीलाई यस वर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो। ‘हामीले साउनको अन्तिमतिर परीक्षण गर्छौ, यसका लागि रफ्तारमा काम भइरहेको छ ।

आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले भने,‘ वागमतीको पानी विशेष गरी सुन्दरीजलमा निर्माणको अन्तिम चरणमा  रहेको ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र जसले पानीलाई सुद्ध र निर्मलीकरण गर्छ) को परीक्षण, अहिले बिछ्याइरहेको खानेपानीका पाइपहरू, विभिन्न स्थानमा बनेका र पानी पोखरीको क्षमता परीक्षणका लागि बागमतीको पानी ल्याउन लागिएको हो । यो खबर नेपालसमाचार पत्र दैनिकमा छ।