राजपाकाे विधानमा विवादः अढाई महिनामै विभाजनको सं‌केत

काठमाण्डौ,२३ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ ।

निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरुबीच तीव्र मतभेद देखिएको हाे । राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन विधानमा संयुक्त हस्ताक्षर गरी आयोगमा दल दर्ताका लागि जाने तयारी गरेको थियो ।

तर, अध्यक्षमण्डलका नेता अनिलकुमार झाले विधानमा हस्ताक्षर नगरेपछि विधान प्रक्रिया नै अवरुद्ध भएको छ ।बुधबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले ५–७ दिनपछि पनि अध्यक्षमण्डलका सबै सदस्यले विधानमा हस्ताक्षर नगरे पनि जतिको हस्ताक्षर हुन्छ, त्यसलाई नै लिएर आयोगमा दल दर्ता हुने बताएका थिए । याे खबर अन्नपूर्ण पोस्ट  छ ।