September 26, 2017

मोदी र जिनपिंगको भेटवार्ताका लागि उपयुक्त वातावरण छैनः चीन

काठमाण्डौ, २२ असार । चीनको विदेश मन्त्रालयले जर्मनीमा हुने जी–२० सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनीयाँ राष्ट्रपति सि जिनपिंगबीच भेटवार्ता नहुने सम्भावना रहेकाे बताएको छ ।

पछिल्लो समय भारत र चीनबीच असमझदारी बढिरहेको बेला चीनको विदेश मन्त्रालयले दुई देशका प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ताको लागि राम्रो वातावरण नभएको जनाएको हो । खाशमा पछिल्लो १९ दिनदेखि भुटान–चीन–भारतको सीमा डोकलाम क्षेत्रमा चर्किएको गतिरोधले गर्दा भारत र चीनको सम्बन्ध चिसिएको हो ।

तर खबरका अनुसार, दुई देशबीचको गतिरोध अन्त्यका लागि जर्मनीको ह्याम्बर्गमा हुने जी–२० बैठक उपयुक्त हुन सक्थ्यो ।