November 18, 2017

साइबर सुरक्षाको हिसाबले सिंगापुर पहिलो नम्बरमा

काठमाण्डौ, २२ असार । यूएनको सर्वेक्षण अनुसार, एसियाली मुलुक सिंगापुर साइबर सुरक्षाको मामलामा पहिलो नम्बरमा परेको छ ।

सिंगापुरपछि दोस्रोमा अमेरिका, तेस्रोमा मलेसिया, चौथोमा ओमान र पाँचौ नम्बरमा इस्टोनिया परेको छ । त्यस्तै छैटौं, सातौं, आठौं, नवौं र दशौं नम्बरमा क्रमशः माउटियुस, अष्ट्रेलिया, जर्जिया, फ्रान्स र क्यानडा रहँदा एघारौंमा रुस परेको छ । २६ नम्बरमा रहेको जर्मनीभन्दा भारत २५ नम्बरमा रहेको छ ।

यो नम्बर कुनै पनि देशको कानूनी, प्राविधिक, सांगठनिक संस्था र तिनले गर्ने शैक्षिक तथा अनुसन्धानात्मक क्षमता आदिलाई मापन गरेर दिइएको हो ।