तेस्राे एकदिवसीय क्रिकेटमा जिम्बाबे श्री लंकासँग ८ विकेटले पराजित

काठमाण्डौ, २२ असार । महिन्दा राजपक्ष अन्तर्राष्ट्रिय स्टेडियममा भएको तेस्राे एकदिवसीय क्रिकेटमा श्री लंकाले जिम्बाबेलाई ८ विकेटले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाबेले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनायो । जिम्बाबेका लागि ह्यामिल्टन मसकदाले १ सय ११ रनको पारी खेले । त्यस्तै तरिसाई मुसाकन्दाले ४८ र सिन विलियम्सले ४३ रन बनाए ।

श्री लंकाका लागि वानिडु हसरंगा र असेला गुनारत्नेले समान २–२ विकेट लिए । त्यस्तै लासिथ मालिंगा, नुवान प्रदीप र लक्सन सन्दाकनले समान १–१ विकेट लिए ।

३ सय ११ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको श्री लंकाले ४७.२ ओभरमा ३ सय १२ रन बनायो । श्री लंकाका लागि दुई खेलाडीले शतक प्रहार गरे । दनुस्का गुनथिलकाले १ सय १६ रन बनाउँदा निरोसन डिकवेलाले १ सय २ रन बनाए । यी दुईबीच २ सय २९ रनको साझेदारी भएको हो ।

जिम्बाबेका लागि सिन विलियम्स् र माल्कोल्म वालरले सान्त्वना स्वरुप समान १–१ विकेट लिए । ५ एकदिवसीय र १ मात्र टेस्टका लागि श्री लंका भ्रमणमा रहेको जिम्बाबेले चौंथो एकदिवसीय क्रिकेटमा श्री लंकासँग जुलाई ८ मा प्रतिस्पर्धा गर्नेछ ।