November 18, 2017

‘पत्थरी झिक्दा मृगौला निकालियो’ भन्ने समाचारप्रति टिचिङ्ग हस्पिटलको आपत्ति

काठमाण्डौ, २२ असार । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलले ‘पत्थरी झिक्दा मृगौला निकालियो’ भन्ने समाचारप्रति आपत्ति जनाएको छ ।

अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरेर समाचार निराधार र नियोजित रुपमा प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको हो । अस्पतालका ईमर्जेन्सी विशेषज्ञ डा. धर्मदत्त जोशीले नुवाकोट जिल्ला विदुर नगरपालिका १२ का ३२ वर्षीया शिवप्रसाद रिमालको पत्थरी उपचारका क्रममा जीवन गम्भिर स्थितिमा पुगेको र आफन्तको सहमतिमै मृगौला निकालेर जीवन जोगाएको स्पष्ट पारे । त्यही बिषयलाई लिएर आफूहरुमाथि धम्की आएको उनले गुनासो गरे ।

त्यस्तै शल्यक्रियामा संलग्न वरिष्ठ युरोलोजिष्ट प्रा. डा. गुणकुमार श्रेष्ठले आफ्नो कुनै पनि दोष नभएको दाबी गरे ।