झापाको शिवसताक्षी नगरपालिकामा एमाले विजयी

काठमाण्डौ, २२ असार । झापाको शिवसताक्षी नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एमाले विजयी भएको छ ।

मेयर पदमा एमालेका चन्द्रकुमार शेर्मा १३ हजार ४ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका पर्शुराम ढुंगानाले ९ हजार ८ सय ८४ मत ल्याएका हुन् ।

त्यस्तै उपमेयरमा पनि एमालेकी भोजकुमारी नेपाल १३ हजार ४ सय ७२ मतका साथ विजयी हुँदा कांग्रेसकै जयकुमारी चेम्जोंग ८ हजार ३ सय ६१ मत रहेको छ ।