September 25, 2017

अविरल बर्षाका कारण दर्जनाै सडक खण्ड अवरुद्ध ,यातायात ठप्प

शिवलाल सुवेदी / गुल्मी २२ असार । केही दिनदेखि परेको  अविरल बर्षाका कारण जिल्लाका दर्जन भन्दा बढी सडकहरुमा यातायात ठप्प भएका छन ।

सड्ककाे माथीवाट पहिरो आउनुका साथै खोलाहरु बढ्नाले जिल्लाका अधिकाशं ग्रामिण क्षेत्रमा जाने सड्कहरु बन्द भएका हुन । जिल्लाकै सबैभन्दा बढी यातायातका सवारी साधन चल्ने रिडी रुद्रवेणी वामीटक्सार र शान्तिपुर सडक मगंलवारदेखि बन्द भएको छ । इलाका प्रहरी कार्यलय रिडीका अनुसार रिडी,रुद्रवेणी र वामीटक्सार सड्कखण्डका बिभिन्न स्थानहरुमा पहिरो झरेकाले तथा खोलाहरुमा पानीकाे बाहव उच्च रहेकाले दुवै तर्फका सवारी साधन बन्द भएका छन् ।

सडकमा मोटरसाईल समेत चल्न नसक्ने भएकाले खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । रिडी रुद्रवेणी शान्तिपुर सडक खण्डमै पर्ने नादेवा, लुम्दी, जुम्दी, भार्से, हरेवा खोला बढेपछि यातायात अवरुद्ध भएको छ ।  जिल्लाको निर्वाचन क्षेत्र नं. १ र बाग्लुङ्गका समेत एक दर्जन बढी गाविसमा खाध्यान्न ढुवानी हुने जिल्लाकै महत्वपूर्ण सडक बन्द भएपछि खाध्यान्न ढुवानी समेत प्रभावित भएको छ ।

रिडी रुद्रवेणी वामीटक्सार सडक खण्डमा यात्रु ओसारपसार र खाध्यान्न ढुवानीका लागि गरी दैनिक १ सय ५० भन्दा बढी सवारी साधनहरु ओहोरदोहोर गर्ने गर्दछन् । उक्त सड्कखण्ड बन्द भएपछि रिडी तम्घास, छल्दी इन्द्रेगैडा हुदै जिपहरु आवजजावत गर्ने गरेका भएपनि बुधवारदेखि छल्दी इन्द्रेगैडा सड्कखण्ड पनि बन्द भएपछि यात्रुहरुलाई समस्या भएको छ । जिपमा यात्रा गर्ने गरेका मानिसहरु अहिले विच वाटोमा अलपत्र परेका छन ।

जिल्लाका बिभिन्न सडकरु अवरुद्ध भएपछि दुर्गम क्षेत्रका सर्वसाधरणहरु सदरमुकाम आउन समेत दुई दिन लाग्ने गर्दछ । यसरी जिल्लाका ग्रामिण क्षेत्रका अधिकाशं सड्कहरु वर्षातको कारणले बन्द भएपछि महिला बिरामी, सुत्केरी र बृद्धबृद्धाहरु बढी प्रभावित हुने गरेका छन् ।