निर्वाचनको मत परिणामा अाउन बाँकी १६ स्थानीय तह मध्ये,कहाँ कसकाे अग्रता

काठमाण्डौ, २२ असार ।  दोस्रो चरण स्थानीय तहको निर्वाचनको मत परिणामा आउने क्रम जारी छ ।

अहिलेसम्म ३ सय १८ स्थानीय तहको मतगणना सार्वजनिक भइसकेको छ । जसमा एमालेले १ सय ४२, कांग्रेसले १ सय १७, माओवादीले ३७ र अन्य दलले २२ वटामा विजयी भइसकेका छन् । मतगणना चलिरहेका  कुल  १६ तह मध्ये ८ वटामा एमाले, ६ वटामा कांग्रेस, १ वटामा माओवादी, १ वटामा स्वतन्त्र (राजपा समर्थित) उम्मेदवार अघि छन् ।

थाहा पाउनुहाेस कहाँ कसकाे अग्रता

  • झापाकाे दमक नगरपालिकामा  एमाले
  • झापाकाे अर्जुनधारा नगरपालिकामा  एमाले
  • झापाकाे शिवसताक्षी गाउँपालिकामा एमाले
  • माेरङकाे धनपालथान  गाउँपालिकामा एमाले
  • सुनसरीकाे इटहरी उपमहानगरपालिकामा एमाले
  • सुनसरीकाे धरान उपमहानगरपालिकामा एमाले
  • उदयपुरकाे त्रियुगा गाउँपालिकामा एमाले
  • उदयपुरकाे बेलका नगरपालिकामा एमाले
  • झापाकाे मेचीनगर नगरपालिकामा  कांग्रेस
  • झापाकाे बुद्धशान्ति गाउँपालीकामा कांग्रेस
  • माेरङकाे  विराटनगर महानगरपालिकामा कांग्रेस
  • कैलालीकाे धनगढी उपमहानगरपालिकामा कांग्रेस
  • कञ्चनपुरकाे भीमदत्त नगरपालिकामा कांग्रेस
  • कञ्चनपुरकाे पुनर्वास  नगरपालिकामा कांग्रेस
  • माेरङकाे रंगेली नगरपालीकामा माअाेवादी केन्द्र
  • रुपन्देहीकाे काेटहीमार्इ गाउँपालिकामा स्वतन्त्र,( राजपा)