अक्षर नराम्रो भयो भनेर गिज्याउँदा, दाजुले बहिनीको हत्या गरे

काठमाण्डौ, २१ असार । आफ्नै ९ वर्षीया बहिनीको हत्या गर्ने दाईलाई पाकिस्तानको लाहोरबाट पुलिसले नियन्त्रणमा लिएको छ । ती दुई ‘इद’ को बिदा मनाउन हजुरआमाको घर आएको बेला यस्तो घटना घटेको हो ।

बहिनीले अक्षर नराम्रो भएको भन्दै गिज्याएको कारण ११ वर्षीय ती बालक अब्दुल रेहमानले आफ्नै बहिनी इमान तान्भिरको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । घरमा कोही नभएको बेलामा ती दुईबीच राम्रो अक्षर बनाएर लेख्ने प्रतिस्पर्धा भएको थियो । अब्दुललाई इमानले अक्षर नराम्रो भएको भन्दै गिज्याइन् र अब्दुलले इमानको घाँटीमा स्कार्फ कसेर मृत्युको मुखमा पुर्‍याए ।

पुलिस अधिकारीका अनुसार अब्दुलले पनि अपराध लुकाउन आफ्नो हात काटेर कोठाभित्र लुकाएका थिए । तर पछि सोधखोज हुँदा अब्दुलले आफ्नै बहिनीको हत्या गरेको कबुल गरे ।