September 26, 2017

हरियाणामा ‘सिर्सा पुलिस’ को नयाँ अभियानः ‘नो हेल्मेट, नो पेट्रोल’

काठमाण्डौ, २१ असार । हरियाणाको ‘सिर्सा पुलिस’ ले दुई पाङ्ग्रे सवारी चालककको सुरक्षालाई ध्यानमा राख्दै नयाँ अभियान सञ्चालन गरेको छ ।

उक्त अभियान अनुसार, अबदेखि दुई पाङ्ग्रे सवारी चालकले बिना हेल्मेट मोटरसाईकलमा पेट्रोल भर्न पाउने छैनन् । सिर्सा पुलिसले पत्र जारी गर्दै पेट्रोल पम्पका मालिकहरुलाई यस्तो गर्न सुझाएको हो ।

यसका साथै सिर्सा पुलिसले ठूूला ठूला होर्डिङबोर्डमा र सहरका विभिन्न ठाउँमा दुई पाङ्ग्रे सवारी चालकलाई चेतना जगाउने खालको सन्देश लगाउन पनि आदेश दिएको छ ।