September 26, 2017

स्वीस बैंकमा पैसा राख्ने विदेशी मुलुकमध्ये नेपाल १ सय ५० औं, भारत ८८ अाैं स्थानमा झर्‍याे

काठमाण्डौ, २१ असार । अवैध रूपमा सम्पत्ति आर्जन गरेर सुरक्षाका लागि विश्वका धेरै नागरिकहरुले स्वीट्जरल्यान्डस्थित स्वीस बैंकमा पैसा राख्ने गर्दछन् ।

पछिल्लो समयमा आएको खबर अनुसार, स्वीस बैंकमा पैसा राख्ने विदेशी मुलुकमध्ये नेपाल १ सय ५०औं स्थानमा रहँदा नेपालमा व्याप्त भ्रष्टाचारलाई छर्लङ्ग पारिदिएको छ । नेपालीहरुले उक्त बैंकमा ३१ करोड २० लाख बराबरको स्वीस फ्र्यांक राखेको विभिन्न सञ्चारमाध्यमहरुले बताएका छन् ।

यूरोपको सम्भ्रान्त मुलुक बेलायत स्वीस बैंकमा पैसा राख्नेमध्ये पहिलो नम्बरमा परेको छ । स्वीस बैंकमा जम्मा हुने कुल विदेशी नागरिकको रकममध्ये २५ प्रतिशतभन्दा बढी हिस्सा बेलायतले ओगटेको छ । दोस्रो स्थानमा रहेकाे अमेरिकाले स्वीस बैंकमा कुल विदेशीले राख्ने रकमको १४ प्रतिशत ओगटेको पाइयो ।

पछिल्लो समयमा वेस्ट इन्डिज, फ्रान्स, जर्मनी, हङकङका नागरिक स्वीस बैंकमा रकम राख्नेमध्ये अग्रस्थानमा देखिएका छन् । यद्दपि नेपालकै छिमेकी राष्ट्र भारत भने ७५ औं स्थानबाट घट्दै ८८ औं स्थानमा आइपुगेको छ । यसलाई मोदीको नोटबन्दी कार्यक्रमले असर गरेको बताइएको छ । एजेन्सी