September 26, 2017

नेपालस्थित जापानी दूतावासद्वारा नेपाल रेडक्रसलाई ४ एम्बुलेन्स हस्तान्तरण

काठमाण्डौ, २१ असार । नेपालस्थित जापानी दूतावासले नेपाल रेडक्रस सोसाइटीलाई ४ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा जापानी दूतावासको जीजीपी कार्यक्रम अन्तर्गत एम्बेसीले नेपाल रेडक्रस सोसाइटीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो । सो एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखाबाट सञ्चानमा ल्याइने रेडक्रस सोसाइटीले जनाएको छ ।

एम्बुलेन्सले अत्यन्तै विकट जिल्ला र पीडित समुदायलाई सेवा दिने रेडक्रसले जनाएको छ । रेडक्रसले जिल्लामा रहेका आफ्ना शाखा जाजरकोट, खोटाङ, रौतहट, र धनकुटालाई एम्बुलेन्स हस्तारण गरेको हो ।