जनकपुरमा बस र टाटासुमो एकआपसमा जुध्दा २ को मृत्यु ५ घाइते

अतिश कुमार मिश्र / जनकपुरधाम १२ वैशाख  । जनकपुरको मुजेलियामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो साढे २ बजे  ना २ ख ५२२६ नम्बरको यात्रुबाहक बस र ना १५ च १७५० नम्बरको टाटासुमो ठोक्किएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा एकजना सर्लाही हरिवनका उमेश कुमार कर्ण रहेका छन् भने अर्का एकजनाको नाम खुल्न सकेको छैन ।

दुर्घटनामा घाइते भएका अन्य ५ जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भै रहेको छ । गाडी र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।