July 26, 2017

गेल १५ महिनापछि अन्तर्राष्ट्रिय टि–२० खेलमा फर्किए

काठमाण्डौ, २१ असार । वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान तथा सर्वाधिक टि–२० का रनकर्ता क्रिस गेल १५ महिनापछि अन्तर्राष्ट्रिय टि–२० खेलमा फर्किएका छन् ।

भारतविरुद्ध हुने एक टि–२० म्याचका लागि गेल १३ सदस्यीय टोलीमा फर्किएका हुन् । यो उनको १५ महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन हो । उनले अन्तिम अन्तर्राष्ट्रिय टि–२० इंग्ल्यान्डविरुद्ध अप्रिल २०१६ मा टि–२० फाइनल खेलेका थिए ।

भारत र वेस्ट इन्डिजबीचको एक टि–२० श्रृंखला जुलाई ९ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *