विश्वका अग्ला ८ वर्षीय बालकको उचाइ ६ फिट ६ इन्च

काठमाण्डौ, २१ असार । भारतका ८ वर्षीय बालकले आफ्नो उचाइका कारण गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।

६ फिट ६ इन्च उचाइका करन सिंह नाम गरेका ८ वर्षीय बालक सबैभन्दा अग्लो र धेरै तौल भएका कारण गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका हुन् । उनी जन्मदा उचाइ ७३ सेन्टिमिटर र तौल ७.८ किलोग्राम रहेको थियो ।

करनले आफू उचाइका कारण लज्जित नभएको बताउँदै भविष्यमा बास्केटबल खेलाडी वा डाक्टर बन्ने लक्ष्य राखेका छन् ।