झापाकाे गौरादह नगरपालिकाको मेयरमा कांग्रेसका रोहितकुमार साह विजयी

झापा, २१ असार । झापाकाे गौरादह नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएकाे छ ।

कांग्रेसका उम्मेद्वार रोहितकुमार साह १० हजार ३ सय ८ मत ल्याएर विजय भएका हुन । उनका  निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार मदन अधिकारीले ९ हजार ८ सय ५४ मत प्राप्त गरेका छन् । 

यस्तै उपमेयरमा भने एमालेकी उम्मेद्वार गीता भेटवाल १० हजार ६ सय २० मत पाएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार सुमित्रा खरेल ढुंगानाले ७ हजार ९ सय ११ मत ल्याएकी छिन् ।