September 23, 2017

दुई एसपी हेडक्वार्टर तानिए, यस्तो छ कारण

काठमाण्डौ,२१ असार । छानबिनका लागि दुई प्रहरी उपरीक्षक (एसपी) प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

सर्वसाधारणले उजुरी गरेपछि छानबिनका लागि पर्साका एसपी गोविन्द साह र सप्तरीका एसपी अनुराग द्विवेदीलाई २४ घण्टाभित्र हाजिर हुन हेडक्वार्टर झिकाइएको हो । ‘गैरव्यावसायिक आचरणमा उजुरी परेपछि मुख्यालयले छानबिनका लागि झिकाएको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने । उनीहरूको विषयमा धेरै पहिलादेखि उजुरी आए पनि प्रहरी प्रधान कार्यालयले निवर्तमान गृहमन्त्री विमलेन्द्र निधिको कारणले झिकाउन सकेको थिएन । याे खबर राजधानी दैनिकमा छ ।