August 21, 2017

राष्ट्रपतिद्वारा भक्तपुरका ऐतिहासिक सांस्कृतिक पुनर्निर्माणको अवलोकन

काठमाण्डौ, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको भक्तपुरका ऐतिहासिक सांस्कृतिक सम्पदा पुनर्निर्माणको अवलोकन गरेकी छिन् ।

उनले विश्व सम्पदामा सूचिकृत भक्तपुर दरबार स्क्वायरमा हालसम्म भएका सम्पदाहरुको पुनर्निर्माणको अवलोकन गरेकी हुन् । अवलोकन पछि राष्ट्रपति भण्डारीले स्थानीय कालिगढहरुलाई प्रयोगमा लिनुपर्ने, विकृति र विसंगति नभित्र्याउने, स्थानीय कलाकौशल तथा सामग्री प्रयोगमा ल्याउने तथा मौलिक र पुरात्ताविक तवरले पुनर्निमाण गर्नुपर्ने बताइन् ।

सबै एकै ठाउँमा उभिएर सम्पदाको पुर्ननिर्माण गर्न आवश्यक भएको बताउँदै सम्पदाको जगेर्नाका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने भण्डारीले बताइन् । उनले करीब २० मिनेट भक्तपुरका क्षतिग्रस्त सम्पदा पुनर्निर्माणको अवलोकन गरेकी थिइन् ।