September 25, 2017

पश्चाताप गर्दै उम्मेद्वारले गरे आफ्नै श्राद्ध !

हेटौंडा २१ असार । स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेद्वारी दिएर गल्ती गरेको भन्दै हेटौंडा उपमहागरपालिकाका मेयर पदका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।

मंगलबार हेटौडा पाँच स्थित सानोपोखरामा मेयर पदमा उम्मेद्वार राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका हुन् ।
२०७२ असोज ३ गते जारी संविधान मरिसकेको भनेर उनले पटकपटक विभिन्न ठाउँमा संविधान कार्यान्वयनका लागि भएको स्थानीय तह निर्वाचनमा उनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

हेटौंडा २ का शर्माले आफुलाई आफैले हालेको मतले समेत मतगाणनाको बेला हराएपछि चर्चाको विषय बनेको थियो । यो खबर अन्नपुर्ण पोष्टमा छ ।