उत्तर कोरियाले गर्‍यो यस्तो मिसाइल परीक्षण, जुन विश्वको जुनसुकै कुनामा पुग्छ

काठमाण्डौ, २० असार । उत्तर कोरियाले लामो दूरीको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ ।

उक्त मिसाइलको परीक्षणसँगै विश्वमा तरंग पैदा गरिएको छ किनकि उक्त मिसाइलको सहयोगद्वारा दुनियाँको कुनै पनि कुनामा हमला गर्न सकिनेछ । उत्तर कोरियाले परीक्षण गरेको मिसाइल करिब २ हजार ८ सय २ किलोमिटर उचाइमा पुगेको र जापानी सागरमा खसेको थियो ।

यो मिसाइल परीक्षण उत्तर कोरियाको यस वर्षको ११ औं मिसाइल परीक्षण हो