Breaking News

गोलाप्रथाद्वारा एमाले उम्मेदवार कमल गाउँपालिकाको अध्यक्ष चुनिइन्

काठमाण्डौ, २० असार । झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लडेकी नेकपा एमालेकी उम्मेदवारलाई भाग्यले साथ दिएको छ ।

एमालेकी उम्मेदवार मेनुका काफ्ले गोलाप्रथाबाट विजयी भएसँगै उनलाई भाग्यले साथ दिएको हो । नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र काफ्लेको मत बराबर भएपछि गोलाप्रथा गरिएको हो ।

दुबैको समान ८ हजार ३ सय ७५ मत परेपछि निर्वाचन आयोगको परामर्श अनुरुप गोलाप्रथाको निर्णय गरिएको हो ।

shares