October 22, 2017

पुनर्निर्माणमा जुटेर उदाहरणीय काम गरेका धुर्मुस–सुन्तली सम्मानित

काठमाण्डौ, १२ वैशाख । भूकम्पपछिको पुनर्निर्माणमा एकिकृत नमुना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै भूकम्पपीडित तथा सहयोगी समाजले सिताराम कट्टेल र कुञ्जना घिमिरे(धुर्मुस–सुन्तलीलाई) अभिनन्दन गरेको छ ।

मंगलबार समाजले गोरखा महाभुकम्पको दोस्रो वार्षिकीको कार्यक्रममा धुर्मुस–सुन्तलीलाई अभिनन्दन गरेको हो । कार्यक्रममा अभिनन्दित भएपछि आफ्नो भनाई राख्दै सिताराम कट्टेल (धुर्मुस) ले महाभूकम्प गएको दुई वर्ष बितिसक्दा पनि भूकम्प प्रभावित जिल्लाहरुको पुनर्निर्माण सम्पन्न नभएको प्रति दुःख व्यक्त गरे ।

कार्यक्रममा सम्मानित भएकी कुञ्जना घिमिरले पनि डरलाई शक्तिमा परिणत गरेर मनलाई शुद्धिकरण गर्दै पुनर्निर्माणको काममा जुटेको बताइन् । त्यस्तै उनले नेपालमा राष्ट्र र राष्ट्रियता आजकै दिन अर्थात वैशाख १२ गतेले ल्याएको बताउँदै अर्काको दुःखमा मल्हम लगाउने काममा जुट्न समेत आग्रह गरिन् ।