September 23, 2017

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

काठमाण्डौ, २० असार । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।

स्वतन्त्र उम्मेदवार रजतप्रताप शाह ७ हजार ३ सय २८ मतका साथ विजयी घोषित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार ४ हजार मतअन्तरले पराजित भए । माओवादी केन्द्रका उम्मेदवार शिवप्रसाद कलवारले ३ हजार २ सय ५ मत प्राप्त गरे ।

१२ वडा संख्या रहेको जिल्लामा २९ हजार २ सय ३१ मतदाता थिए ।