November 19, 2017

नरेन्द्र मोदी इजरायल भ्रमण गर्ने प्रथम भारतीय प्रधानमन्त्री

काठमाण्डौ, २० असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायल भ्रमण गर्ने प्रथम भारतीय प्रधानमन्त्री बनेका छन् । मोदी मंगलबार इजरायल पुगेका हुन् ।

मोदीले भने, ‘भारत र यहूदी राज्यले निकै पुरानो र गहिरो सम्बन्ध स्थापित गरेका छन्, यो भ्रमणमा सैन्य सुरक्षा र साइवर सुरक्षाका विषयमा सहमति हुने आशा गर्न सकिन्छ ।’

मोदीको भ्रमण दुई देशबीचको सुरक्षाका विषयमा र न्यानो सम्बन्ध राख्न दुई देशले कस्तो भूमिका खेल्ने विषयमा केन्द्रित हुने बताइएको छ । यो भ्रमणले भारत र इजरायलबीच रहेको असमझदारी चिर्न प्रमुख भूमिका खेल्ने औंल्याइएको छ ।