Breaking News

ईलामको सूर्याेदय नगरपालिकाको मेयर–उपमेयरमा एमाले विजयी

काठमाण्डौ, २० असार । ईलामको सूर्याेदय नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेको उम्मेदवारहरु विजयी भएका छन् ।

मेयरमा एमालेका रनबहादुर राई १२ हजार ९ सय १९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी कांग्रेसका प्रेमलाला चाम्लिङले १० हजार ३ सय २९ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा एमालेकै दुर्गा भट्टराई विजयी भइन् । उनले १२ हजार ८ सय ९० मत प्राप्त गर्दा कांग्रेसकै खगेश्वरी अधिकारी (वन्दना) ले ९ हजार ९ सय २७ मत प्राप्त गरिन् । जिल्लामा १४ वटा वडा रहेका छन् ।

shares