September 21, 2017

उपराष्ट्रपति पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान

काठमाण्डौ, २० असार । उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् ।

चीनले आयोजना गरेको ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’ मा सहभागी हुन पुन त्यसतर्फ प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि एवम् कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गरेका हुन् । उक्त मेला चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजना गरिएको छ ।

उपराष्ट्रपति पुनले यही असार २२ गते विकास र सहयोगका लागि उच्चस्तरीय मञ्चमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपतिले यही असार २३ गते सम्बोधन गर्ने तथा लान्जाउमा रहँदा उपराष्ट्रपति उच्च चिनियाँ नेता एवम् अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उपराष्ट्रपति पुन यही असार २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।