November 18, 2017

सिरहामा झाडापखालाबाट थप १ को मृत्यु

दिनेश शर्मा / राजविराज, २० असार । १५ दिन अघिदेखि फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुप्रधमा थप १ जनाको मृत्यु भएको छ ।

झाडापखालाबाट २० जना भन्दा वढि सिकिस्त छन् । पछिल्लो पटक सोमबार राति झाडापखालाबाट लक्ष्मीपुर पतारीस्थित सीतापुप्रध निवासी ६५ वर्षीया गुद्रीदेवी यादवको मृत्यु भएको हो । उनीसँगै झाडापखालाबाट मृत्यु हुनेको संख्या उक्त गाउँमा २ पुगेको छ । यसअघि गत साता झाडापखालाबाट सीतापुरप्रध ८ का ७० वर्षीय मागेन यादवको मृत्यु भएको थियो ।

झाडापखालाबाट सिकिस्त भएकाहरुको चिकित्सकको निगरानीमा स्वास्थ्य चौकी सीतापुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सुधार हुँदै गएको जनस्वास्थ्य प्रमुख दासले बताए ।