August 23, 2017

काठमाण्डौ महानगरपालिकाद्वारा भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा वृक्षारोपण

काठमाण्डौ, १२ वैशाख । गोरखा भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा काठमाण्डौ महानगरपालिकाले मंगलबार भद्रकालीदेखि सिंहदरबारसम्म वृक्षारोपण गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको शान्तिका लागि वृक्षारोपण गरिएको हो । दुई वर्षअघि भूकम्प गएकै समयमा बिरुवा रोप्दै काठमाण्डौ महानगर पालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले धरहरामा परी ज्यान गुमाउने ५७ जनाको स्मरण गर्दै भद्रकालीदेखि सिंहदरबारसम्मको क्षेत्रमा ५७ बिरुवा रोपिएको बताए ।

आगामी दिनमा मृतकको सम्झनामा विभिन्न स्थानमा उद्यान निर्माण गरिने पनि बताइएको छ । उक्त भूकम्पका कारण करिब नौ हजारले ज्यान गुमाएका थिए । भूकम्प र त्यसपछिका पराकम्पमा परी काठमाण्डौ महानगरपालिकाबाट नै कम्तिमा ७ सयले ज्यान गुमाएका थिए ।