बाँकेको नेपालगञ्ज उपमहागरपालिकाकाे मेयरमा राप्रपाका धवल शम्शेर राणा विजयी

बाँके, २० असार । बाँकेको नेपालगञ्ज उपमहागरपालिकाकाे मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएकाे छ।

राप्रपाकाे स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित पनि एहिनै  रहेकाे छ । राप्रपाका उम्मेदवार धवल शम्शेर राणा १२ हजार ५ सय १५ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रसेका डा. सुरेशकुमार कनौडिया ८ हजार ७ सय ३० मत प्राप्त गरेकाछन् ।

यस्तै उपमेयरमा  भने कांग्रेसकी उम्मेद्वार उमा थापमगर १० हजार ७ सय ३१ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी राप्रपाकी उम्मेद्वार रमारानी वैश्यले ८ हजार ९ सय २४ मत ल्याइन् ।