एसियन क्लब प्रिमियर लिगको फाइनलमा नेपाल स्ट्रोम र श्रीलंकन लायन्स् भिड्ने

काठमाण्डौ, १९ असार । एसियन क्लब प्रिमियर लिग क्रिकेटको उपाधिका लागि भोलि नेपाल स्ट्रोम र श्रीलंकन लायन्स्बीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा दुबई वारियर्सलाई पराजित गर्दै नेपाल स्ट्रोम्स फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत दोस्रो क्वालिफायर खेलमा नेपाल स्ट्रोम्सले दुबई वारियर्सलाई ३ विकेटले हरायो । यसअघि, भएको पहिलो क्वालिफायरमा श्रीलङकन लायन्स्ले नेपाल स्ट्रोमलाई १२ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

लिगको एलिमिनेटर खेलमा दुवई वारियर्सले बंगलादेश टाईगर्सलाई ३ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा नेपालसँगको भेट पक्का गरेको थियो । प्रतियोगिता अन्तर्गत आज तेस्रो स्थानको लागि भएको खेलमा बंगलादेश टाइगर्सले दुवई वारियर्सलाई हरायो । त्यस्तै, चौथो स्थानको लागि भएको खेलमा अफगानिस्तान बुल्स्द्वारा दुवई वारियर्स ४ विकेटले पराजित भएको छ ।