घोराहीको मेयर–उपमेयरमा जित्दै एमालेले उपमहानगरमा खाता खोल्यो

काठमाण्डौ, १९ असार । स्थानीय निर्वाचन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा अग्रता कायम गरिराखेको एमालेले उपमहानगरमा पनि खाता खोलेको छ ।

दाङको घोराही उपमहानगरको मेयर–उपमेयर दुबै पदमा जित्दै एमालेले खाता खोलेको हो । यो सँगै घोराही उपमहानगर स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनमा नतिजा सार्वजनिक हुने पहिलो उपमहानगर पनि बनेको छ ।

मेयरमा कांग्रेसका भूपबहादुर डाँगीलाई हराउँदै एमालेका नरुलाल चौधरी मेयर पदमा निर्वाचित भएका हुन् । त्यस्तै उपमेयरमा पनि एमालेकै सीता न्यौपानेले बाजी मार्दा कांग्रेसकै पुष्पा श्रेष्ठ चुकिन् ।