October 18, 2017

भूकम्प प्रभावितका लागि कुनै विशेष योजना ल्याउन नसकेको उद्याेगमन्त्रीको भनाई

काठमाण्डौ, १२ चैत्र । उद्योगमन्त्री नवीन्द्रराज जोशीले भूकम्पप्रभावितका लागि सरकारले कुनै विशेष कार्यक्रम ल्याउन नसकेको बताएका छन् ।

भूकम्प गएको दुई वर्ष पुगेको अवसरमा उद्योग मन्त्रालयले मंगलबार काठमाण्डौमा गरेको कार्यक्रममा मन्त्री जोशीले विगतका कमि–कमजोरीलाई सच्याउँदै आगामी दिनमा सरकारले पीडितका लागि राम्रो काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री जोशीले भौगोलिक कठिनाइका कारण कतिपय स्थानमा पुनर्निर्माणको काममा कठिनाइ भएको भन्दै सरकारले भूकम्प पछिको पुन निर्माणमा सोचे अनुसार काम गर्न नसकेको उल्लेख गरे । भूकम्प गएको बेलामा नेपाली जनताले देखाएको साहस पुनर्निर्माण कार्यमा पनि देखाउनुपर्ने मन्त्री जोशीले बताए ।

कार्यक्रममा सहभागीहरुले भूकम्प गएको लामो समय बितिसक्दा समेत सरकारले भूकम्पप्रभावित र पुनःस्थापनाका लागि गर्नुपर्ने काम सन्तोषजनक नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।