April 24, 2017

बलिउड खलनायकका सुन्दर पत्नीहरु

काठमाण्डौ, २९ चैत्र । कुनै पनि फिल्ममा अभिनेताको भूमिका खास हुने गर्दछ । यदि फिल्ममा खलनायक अर्थात् भिलेनको भूमिका भएन भने त्यो फिल्ममा कुनै मजा हुँदैन ।

एउटा फिल्ममा जति भूमिका नायकको हुन्छ त्यति नै भूमिका खलनायकको पनि हुने गर्दछ । कुनै कुनै फिल्म त केवल खलनायकको भूमिकाले गर्दा मात्र नै यादगार बन्ने गर्दछ । कतिपय व्यक्तिहरुलाई फिल्ममा नायकभन्दा पनि खलनायकको भूमिका मनपर्ने गर्दछ ।

शोले फिल्ममा यदि गब्बर सिंह (अमजद खान) नभएको भए त्यो फिल्म त्यति यादगार बन्थेन होला ? कतिपय यस्ता खलनायक थिए, जसले नायकसरह बलिउडमा राज गर्न सफल भए । त्यस्ता खलनायहरुमा प्राण, डैनी र अमरिश पुरी थिए ।

यी त भए खलनायकका कुरा यदि खलनायकका पत्नीहरुको कुरा गर्ने हो भने उनीहरु पनि अभिनेत्री भन्दा कम छैनन् । आउनुहोस् ती अभिनेताहरुको बारेमा कुरा गरौं–

१. डैनी डेन्जोगपा

यिनको पत्नीको नाम ‘गावा’ हो जुन सिक्किमकी राजकुमारी हुन् । डैनीली हिन्दी फिल्मको अलावा कयौं नेपाली, तेलेगु र तमिल फिल्ममा पनि काम गरेका छन् । उनले केही अन्तर्राष्ट्रिय प्रोजेक्टमा पनि काम गरेका छन् ।

२. गुलशन ग्रोवर

गुलशन ग्रोेवरको पूर्वपत्नीको नाम कशिश हो । सन् २००१ म विवाह गरेको यी जोडिको सम्बन्ध धेरै टिक्न सकेन र २००२ मा नै सम्बन्धविच्छेद भएको थियो । यद्दपि बलिउडका ब्याड म्यानले धेरै यादगार फिल्म गरेका छन् ।

आशुतोष राणा

३. सन् २००१ म आशुतोष राणाले रेणुका शहाणेसँग विवाह गरेका थिए । मराठी फिल्मबाट करिएर सुरु गरेका राणाले सन् १९९१ लोकप्रिय टिभि सिरियिल सुरभि मा पनि काम गरेका थिए ।

४. रञ्जित

दिल्लीको हिन्दू कलेजमा पढेका रञ्जितले फिल्म सावन भादो मा रेखाको भाइको रुपमा भूमिका निभाएका थिए । सुपरस्टार सञ्जय दत्तसँग यिनले फिल्म रेशमा और शेरा मा काम गरेका थिए । यिनको पत्नीको नाम अलोका बेदी हो ।

५. शक्ति कपूर

यिनकी पत्नीको नाम शिवांगी कोल्हापुरी हो । शिवांगी किस्मत फिल्ममा काम गरिरहेकी थिइन् । उक्त फिल्ममा शक्तिले पनि अभिनय गरेका थिए र पछि विवाह पनि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *