उदयपुरको चौदण्डीगढी नगरपालिकामा कांग्रेस–एमाले रोचक प्रतिस्पर्धामा

काठमाण्डौ, १९ असार । उदयपुरको चौदण्डीगढी नगरपालिकामा ६ हजार मतपत्र गन्न बाँकि रहँदा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार खगेन्द्र राईले ६ हजार ७ सय ५५ मत ल्याउँदा एमालेका उम्मेदवार नरेन्द्रकुमार राउतले ६ हजार १ सय ९३ मतका पछ्याइरहेका छन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार कुमारसिंह कार्कीले ४ हजार ३ सय ९२ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा पनि कांग्रेस नै अगाडि देखिएको छ । कांग्रेस उम्मेदवार रिताकुमारी चौधरीले ७ हजार ५ सय ९९ मत प्राप्त गर्दा एमालेकी कान्ताकुमारी राईले ६ हजार ३ सय ४२ मत प्राप्त गरेकी छिन् । उता माओवादी केन्द्रकी मायादेवी राईले ३ हजार ५ सय ८६ मत प्राप्त गरेकी छिन् ।