सुदूरपश्चिमको विकास देउवा सरकारको उच्च प्राथमिकतामा

काठमाण्डौ, १९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकासलाई आफनो सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

आजदेखि धनगढीमा सुरु भएको दुई दिने सामाजिक– आर्थिक विकास सम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा पूर्वाधार विकास आवश्यक रहेको बताउँदै सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा बिजुली, सडक, सिँचाईं, विद्यालय, स्वास्थ्य चौकी स्थापनाका विषयमा तीव्र रुपमा काम भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासका लागि कृषि क्याम्पस लगायत प्राविधिक विषयका क्याम्पस खोल्न आफूले पहल गरिरहेको समेत जानकारी दिए । यस्तै, पश्चिम सेती, पञ्चेश्वर लगायतका आयोजनाहरु कार्यान्वयन गर्न पहल भइरहेको समेत उनले बताए ।

प्रधानमन्त्री देउवा धनगढीबाट सुर्खेत, नेपालगञ्ज हुँदै आजै काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।