झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा राप्रपा विजयी

झापा,१९ असार । झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएकाे छ ।

राप्रपाका अध्यक्ष पदका उम्मेद्वार अन्जरा आलम ५ हजार ८ सय १६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कालेन्द्र प्रसादसिंह राजंवंशीले ५ हजार ३ सय ५३ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि राप्रपाकै उम्मेदेवार निनसरी राजवंशी ५ हजार ५ सय ७४ मतका साथ निर्वाचित भएकी छन् ।  उनकी निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उपाध्यक्ष पदकी उम्मेद्वार गीता ओडारी खरेल ५ हजार ७२ मत ल्याएकी छन् ।