Breaking News

अछामकाे रामारोशन गाउँपालिकाकाे अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र विजयी

अछाम, १९ असार ।  अछामकाे रामारोशन गाउँपालिकाकाे अध्यक्ष उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माअाेवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार झंकर साउँदले ३ हजार ४ सय २ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतपस्पर्धी नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार चक्रबहादुर रावलले २ हजार ७ सय ३४ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकी उम्मेद्वार सरस्वती रावलले ३ हजार २ सय ९० मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतपस्पर्धी  एमाले उपाध्यक्ष पदकी उम्मेद्वार विन्द्रा साउँदले २ हजार ७ सय ६१ मत पाएकी छन् ।

अछाम जिल्लाका १० स्थानीय तह मध्ये ९ स्थानीय तहको मतपरिणम आएको छ । जसमा कांग्रेस ५, एमाले र माओवादी केन्द्र २/२ स्थान मा विजयी भएका छन् ।

shares