November 18, 2017

१ गोलको नतिजा उल्टाउँदै पोर्चुगल तेस्रो

काठमाण्डौ, १८ असार । क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगलले फिफा कन्फेडेरेसन कपको तेस्रो स्थानको लागि आज भएको खेलमा मेक्सिकोलाई २–१ ले पराजित गरेको छ ।

खेलको ५४ औं मिनेटमा मेक्सिकोका लुइस नेटोले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए । मेक्सिकोको अग्रता भंग गर्ने क्रममा कप्तानको जिम्मा पाएका पेपेले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए ।

९० मिनेटमा खेल १-१ को बराबरीको अवस्थामा थपिएको ३० मिनेटलाई सदुपयोग गर्दै १ सय ४ औं मिनेटमा एड्रियन सिल्भाले गोल गर्दै पोर्चुगलको जीत सुनिश्चित गरे । आजै हुने फाइनल खेलमा जर्मनी र चिली भिड्दै छन् ।