November 18, 2017

नेपाल स्ट्रोमद्वारा दुबई वारियर्स ३ विकेटले पराजित

काठमाण्डौ, १८ असार । एसियन प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा नेपाल स्ट्रोमले दुबई वारियर्सलाई ३ विकेटले हराएको छ ।

पहिले ब्याटिङ गरेको दुबई वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । वारियर्सका लागि इजाजले ५४ रनको योगदान गरे । त्यस्तै अमित र सकुरले विस्फोट ब्याटिङ गर्दै ३७ र ३२ बनाएपछि सम्मानजनक स्कोर बनेको थियो । नेपाल स्ट्रोमका लागि मलविन्दरले तीन विकेट लिँदा आशिषले २ र शर्माले १ विकेट लिए ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल स्ट्रोमले खेलको अन्तिम २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । स्ट्रोमका लागि पवन चण्डेलले ६२ बलमा १ सय २० रन बनाउँदा नेपालले जीत भेट्टायो । वारियर्सका लागि अमित र मलिक समान २२ विकेट लिँदा ओरमिन्दरले १ विकेट लिए ।

जीतसँगै नेपाल स्ट्रोमले फाइनलमा जाने सम्भावना कायम राखेको छ ।