Breaking News

मनकामना कार्डबोर्ड इन्डस्ट्रिजका सञ्चालक न्यौपाने उत्कृष्ट उद्यमी पुरस्कारबाट सम्मानित

काठमाण्डौ, १८ असार । रुपन्देही तिलोत्तमा नगरपालिकामा रहेको मनकामना कार्डबोर्ड इन्डस्ट्रिजका सञ्चालक सूर्यप्रसाद न्यौपानेलाई यस वर्षको उत्कृष्ट उद्यमी पुरस्कार प्रदान गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यमी बनेका न्यौपानेलाई श्रम तथा रोजगार मन्त्रालयले आईतबार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी रु १ लाख रहेको छ ।

न्यौपानेले ३ वर्ष कोरिया बसी स्वदेश फर्किएपछि ५ वर्षअघि सञ्चालन गरेको कागज, गाता तथा यस्तै वस्तुबाट प्याकिङ सामग्री उत्पादन गर्ने सो उद्योगमा ४५ भन्दा बढिलाई जनालाई रोजगारी दिइरहेका छन् ।

त्यस्तै रु ५० हजार राशिको उद्यमी पुरस्कार पाउनेहरुमा हिमाली हिल एग्रिकल्चर फार्म प्रालि चैनपुर, सङ्खुवासभाकाका व्यापारी सञ्जय शेर्पा लगायत छन् । वैदेशिक रोजगारीमा सिकेको सीप र आर्जन गरेको पैसाबाट स्वदेशमा फर्किएर उद्यमी बनेकालाई श्रम तथा रोजगार मन्त्रालयले उद्यमी पुरस्कार प्रदान गर्ने घोषणा गर्दै गत माघमा आवेदन माग गरेको थियो ।

आवेदन दिएका मध्ये उत्कृष्ट भएकाहलाई श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले पुरस्कार प्रदान गरेका हुन् ।राष्ट्रिय रोजगार नीति, २०७१ मा उत्कृष्ट उद्यमीलाई रोजगारी सिर्जनाका आधारमा राज्यबाट पुरस्कृत गर्ने व्यवस्था बमोजिम अहिले मन्त्रालयले पहिलो पटक पुरस्कृत गरेको हो ।

 

shares