सिरियामा आत्मघाती बम विस्फोट, १९ को मृत्यु

काठमाण्डौ, १८ असार । सिरियाको राजधानी दमास्कसमा आईतबार भएको आत्मघाती बम हमलामा परी १९ जनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सरकारी समाचार संस्था एसएएनएका अनुसार, सिरियाली पुलिसले तीन शंकास्पद कारको पिछा गरिरहेको थियो । जब सिरियाली पुलिसले ती चरमपन्थीहरुलाई घेर्न सफल मात्र के भएका थिए, चरमपन्थीहरुले आत्मघाती बम विस्फोट गराएका थिए ।

उक्त घटनामा परी कम्तिमा १२ जना घाइते भएका छन् । सरकारी टिभि च्यानलका अनुसार, यो घटना चरमपन्थीहरुले निकै योजनाबद्ध रुपमा यो घटना घटाएका हुन् । उक्त बम विस्फोटका कारण वरपर पनि क्षति पुगेको बताइएको छ ।

यद्दपि यो घटनाको जिम्मा कसैले पनि लिएको छैन ।