रामेछाप हिमगंगाका भूकम्प पीडितको सरकारप्रति गुनासो

काठमाण्डौ, १२ वैशाख । रामेछापको हिमगंगाका भूकम्प पीडितहरुले सरकार आफूहरुप्रति जिम्मेवार हुन नसकेको गुनासो गरेका छन् ।

सामुदायिक विकास समाज नामक संस्थाले गरेको अन्तक्रियामा पीडितहरुले नीजि आवास निर्माणमा भोग्नु परेको समस्याप्रति राज्य अलिकति पनि संवेदनशील नभएको आरोप लगाएका हुन् । कतिपयले सरकारले दिने भनेको राहत तथा अनुदान केही नपाएकाे बताए ।

छलफलका सहभागीहरुले रामेछाप जिल्लामा पुननिर्माणको काम उत्साहजनक नभएको भन्दै आक्रोश व्यक्त गरे । सरकारले ध्यान नदिँदा अझैपनि टहारमै बस्नु परेको पीडितहरुको गुनासो छ ।

पुननिर्माण प्राधिकरण रामेछापका अनुसार जिल्लामा करिव ५० हजार घर भत्किएकोमा हालसम्म ८ सय ८० घर मात्र निर्माण भएका छन् ।